२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइ आज हुँदै

- विशेष खबर शुक्रबार १०, पुष २०७७ ०९:१५

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइ आज  हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुको सुनुवाइ आज संवैधानिक इजलासमा हुँदै छ ।

गत बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल बेन्चले सबै रिटहरू संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद् विघटन गर्दै वैशाख १७ र २७ मा निर्वाचनमिति घाेषणा गरेकी थिइन् । संविधानको व्यवस्थाविपरीत संसद विघटन गरिएको भन्दै सर्वोच्च अदालतमा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध १३ वटा रिट दायर भएका छन् ।

सरकारले संसद विघटन गर्दा संविधानको धारा ७६ र ८५ लाई आधार मानेको छ । प्रधानन्यायाधीश जबराले भने सो धाराको थप संवैधानिक व्याख्या आवश्यक रहेकाले रिटहरुलाई संवैधानिक इजलासमा पठाउन गत बुधबार आदेश दिएका थिए ।

 

 


#प्रतिनिधिसभा विघटन #सर्वोच्च अदालत

प्रतिकृया दिनुहोस