२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

संसदलाई जीवित राख्ने र नयाँ सरकार गठन गर्नेतिर मेराे ध्यान हुन्छः दाहाल

- विशेष खबर बुधबार ०८, पुष २०७७ ०३:२३

संसदलाई जीवित राख्ने र नयाँ सरकार गठन गर्नेतिर मेराे ध्यान हुन्छः दाहाल

काठमाडौं । आफ्नो पक्षको संसदीय दलको नेता चयन भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो ध्यान संसदलाई जीवित राख्ने र जनताको अपेक्षा अनुसार काम गर्ने नयाँ सरकार गठन गर्नेतिर हुने बताएका छन् ।

मंगलबारमात्रै पार्टी अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको दाहाल-नेपाल समूहले संसदीय दलको नेताबाट पनि ओलीलाई हटाएको हो । मंगलबार अध्यक्ष चयन भएका माधव नेपालको प्रस्तावमा दाहाललाई दलको नेता बनाइएको हो । 

उनले संसद विघटनको विरोध गर्ने सबै शक्तिसँग सहकार्य गर्दै संसद पुनस्थापति गर्ने पनि बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको 'आइ एम द स्टेट' भन्ने प्रवृत्तिका कारण संसदको दुईतिहाई बहुमत जोगाउन नसकेको पनि बताए ।

सांसदहरुलाई सम्बोधन गर्दै दाहालले जनताले ठूलो अवसर दिए पनि त्यसलाई जोगाउन नसकिएको बताए । 'जनताले ठूलो अवसर दिएका थिए । तर गल्ती स्वीकार्न नसक्ने, आइ एम द स्टेट भन्ने धारणाबाट चल्दा दुईतिहाइ जोगाउन सकेनौं । हामी फेरि संसदलाई स्थापित गर्ने, नयाँ सरकार गठन गर्ने हाम्रो प्रतिबद्धता छ । सडक, कानुनी माध्यम, सहयात्री दलहरूसँग सहकार्य गरेर अगाडि बढ्ने उद्देश्यमा हामी अगाडि बढ्छौं ।'

उनले संसदीय दल र केन्द्रीय समितका निर्णयहरु निर्वाचन आयोगमा पठाइएको पनि बताए । 'हिजोको झन्डै ७० % केन्द्रीय सदस्यसम्म आउँदा र संसदीय दलको बैठकसम्म आउँदा देशको सबैभन्दा ठूलो दल हामी छौं, दाहालले भने, 'केही माननीय आउन बाँकी छ ।

 


#पुष्पकमल दाहाल #नेकपा

प्रतिकृया दिनुहोस