२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

पहिलाे टेस्टमा भारतकाे लज्जास्पद हार, अस्ट्रेलिया ८ विकेटले बिजयी

शनिबार ०४, पुष २०७७ ०१:५०

पहिलाे टेस्टमा भारतकाे लज्जास्पद हार, अस्ट्रेलिया ८ विकेटले बिजयी

काठमाडौं । पहिलाे टेस्टमा भारत अस्ट्रेलिया सँग ८ विकेटले पराजित भएकाे छ ।

एडिलेड टेस्टको तेस्रो दिन दोस्रो पारीमा भारत अहिलेसम्मकै कम रनमा समेटिएको थियाे । भारतीय टिम २१ ओभर २ बलमा ३६ रन बनाएर अलआउट भएको हो ।

भारतको ९ विकेट झरेको थियो भने मोहम्मद शमी चोटका कारण अन्तिम ब्याट्सम्यानका रुपमा रिटायर्ड हर्ट भएका थिए ।

अस्ट्रेलियाले मात्र ९० रनको टार्गेट २१ ओभर २ विकेट गुमाउदै पुरा गर्याे । अस्ट्रेलियाका लागि जाेइ वाेल्सले ५१ रनकाे अर्धशतकिय पारी खेले भने वेडले ३३ रन जाेडे ।

भारतले टेस्ट क्रिकेटमा यसअघि सन् १९७४ मा इंग्ल्यान्डविरुद्ध ४२ रन बनाएको थियो ।

४६ वर्षको अन्तरालमा भारतले टेस्ट क्रिकेटमा सबैभन्दा खराब प्रदर्शन गरेको हो । १९ रन बनाउँदा भारतले ६ विकेट गुमाइसकेको थियो ।

टेस्टको तेस्रो दिन भारतले एक विकेटको क्षतिमा ९ रन बनाएको अवस्थाबाट खेल सुरु गरेको थियो । तर उसले १० रन बनाएको अवस्थामै आफ्ना महत्वपूर्ण ५ विकेट गुमायो ।

एडिलेडमा भारतका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । अस्ट्रेलियाका लागि जोस हेजलवुडले ५ तथा प्याट कमिन्सले ४ विकेट लिए ।

अर्काे टेस्ट शृखंला २६ डिसेम्बरमा मेलबर्नमा हुनेछ ।


प्रतिकृया दिनुहोस