२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

बिग बास खेल्न सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

- विशेष खबर मङ्गलबार ३०, मङि्सर २०७७ ०१:०४

बिग बास खेल्न सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

काठमाडाैं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया गएका छन् । उनि तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत अष्ट्रलिया प्रस्थान गरेका हुन् । 

लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिनको क्वारेन्टिनमा बस्ने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । बिग बास भने गत बिहीबारदेखि नै शुरु भइसकेको छ ।

क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले शुरुआती छ खेल गुमाउने छन् । यस पटक लामिछाने होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै छन् । 

लामिछानेले यसअघि दुई सिजनको बिग बास लिग मेलबर्न स्टार्सबाट खेलेका थिए । उनले पछिल्ला दुई सिजनमा २० खेल खेल्दै २६ विकेट समेत लिएका थिए ।  


प्रतिकृया दिनुहोस