२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

डीआईजी विश्वराज पोखरेल एआईजीमा बढुवा

- विशेष खबर बिहिबार २५, मङि्सर २०७७ ०९:०५

डीआईजी विश्वराज पोखरेल एआईजीमा बढुवा
फाइल तस्बिर ।

काठमाडौं । सरकारले डीआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले डीआईजी पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको मन्त्रीपरिषद् स्राेतले जानकारी दिएकाे छ ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारकाे बैठकले एआईजी बढुवा प्रक्रिया राेक्न निर्देशन दिएको भोलिपल्ट बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई एआईजीमा बढुवा गरेको हो । उनलाई प्रहरी प्रधान कार्यालयमा पदस्थापन गरेको हो ।

'गृह मन्त्रालयको प्रस्ताव थियो, त्यसैमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो,' स्राेतले भन्याे । एआईजीमा बढुवासँगै पोखरेल भावी प्रहरी महानिरीक्षकका एक्ला दाबेदार बनेका छन् ।

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले मणिराम गेलाललाई सचिवमा बढुवा गरेको ती मन्त्रीले जानकारी दिए । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक गेलाललाई सचिवमा बढुवा गरिएको हो ।


#मन्त्रिपरिषद् बैठक

प्रतिकृया दिनुहोस