२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

प्रधानमन्त्री १२ दिन पछि आज डिस्चार्ज

शुक्रबार ३०, फागुन २०७६ ०८:५८

प्रधानमन्त्री १२ दिन पछि आज  डिस्चार्ज

काठमाडौँ । मिर्गौला प्रत्यारोपणका लागि १२ दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालले डिस्चार्ज गरेको छ । 

शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली शुक्रबार साँझ डिस्चार्ज भएका हुन् ।

उनी नियमित फलोअपमा रहनुपर्ने अस्पतालले जनाएको छ। अस्पतालका अनुसार प्रधानमन्त्री ओलीका महत्वपूर्ण अंगका परिसूचक र परीक्षणहरु राम्रो अवस्थामा रहेका छन्।

फागुन १९ गते अस्पताल भर्ना भएका ओलीको २१ गते बुधबार दोस्रो पटकमिर्गौला प्रत्यारोपण गरिएको थियो। उनकी मिर्गौलादाता समीक्षा संग्रौला यसअघि नै डिस्चार्ज भइसकेकी छन्।


#प्रधानमन्त्री ओली

प्रतिकृया दिनुहोस