२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

नेपाली फुटबल क्लब एएफसीका प्रतियोगिता खेल्न अयोग्य

मङ्गलबार १६, मङि्सर २०७७ १०:४८

नेपाली फुटबल क्लब एएफसीका प्रतियोगिता खेल्न अयोग्य

काठमाडाैं । नेपालका ए डिभिजन फुटबल क्लब एशियाली फुटबल महासघं (एएफसी)का प्रतियोगिता खेल्न अयोग्य भएका छन् ।

एएफसी क्लब प्रतियोगिताका लागि न्यूनतम मापदण्डसमेत पूरा गर्न नसकेका कारण नेपाली क्लबले एशियाली फुटबल महासघंको आधिकारिक प्रतियोगिता खेल्न नपाउने भएका हुन् । 

अखिल नेपाल फुटबल सघं (एन्फा) ले नेपाली क्लबलाई लाइसेन्स दिनका लागि एएफसीलाई अनुरोध गरेको थियो । एएफसीले मापदण्ड नपुगेको भन्दै नेपाली क्लबलाई एएफसी क्लब लाइसेन्स दिन अस्वीकार गरेको एन्फाले जनाएको छ । एएफसीका प्रतियोगिता खेल्न एएफसी क्लब लाइसेन्स अनिवार्य मानिन्छ ।  

सन् २०२१ का लागि नेपालका १३ ए डिभिजन क्लबले निवेदन दिएका थिए । एएफसीले नेपाली क्लबमध्ये त्रिभुवन आर्मी क्लबको निवेदनबारे सकारात्मक प्रतिक्रिया दिएको एन्फाले जनाएको छ ।

लाइसेन्सका लागि एन्फाले पुनः एएफसीसँग अनुरोध गर्ने भएको छ । नेपालका शीर्ष डिभिजनका १३ क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए । गत सिजन बी डिभिजन लिगमा घटुवा भएको सरस्वती युथ क्लबले भने क्लब लाइसेन्स आवदेन प्रक्रियामा थिएन । 

क्लब लाइसेन्सका लागि क्लबको आफ्नै खेल मैदान, युवा टोली, एकेडेमी, खेलाडी बसोबासको व्यवस्था, प्रशिक्षण गर्ने स्थान, खेलाडी, प्रशिक्षक र पदाधिकारी हुनुपर्नेलगायत मापदण्डको व्यवस्था गरिएको छ । 
 


#एशियाली फुटबल महासघं

प्रतिकृया दिनुहोस