२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

इपिएल : मेहरेजको ह्याट्रिकमा म्यानचेस्टर सिटी ५–० ले विजयी

आइतबार १४, मङि्सर २०७७ १०:४४

इपिएल : मेहरेजको ह्याट्रिकमा म्यानचेस्टर सिटी ५–० ले विजयी

एजेन्सी । रियाड मेहरेजको ह्याट्रिकमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार बर्नलीलाई ५–० ले हराएको छ । घरेलु मैदान एतिहाडमा पेप ग्वार्डिओलाको सिटीले बर्नलीलाई पाँच गोलले हराएको यो लगातार चौथोपल्ट हो ।

अल्जेरियाली खेलाडी महेरेजले ६९औं मिनेटमा आफ्नो ह्याट्रिक पूरा गरे । टिमको सुरुआती दुई गोल उनकै नाममा रह्यो । सिटीका लागि बेन्जामिन मेन्डी र फेरान टोरेसले पनि एक–एक गोल गरे ।

सिटीको नौ खेलबाट १५ अंक भएको छ । टोली अझै आठौं स्थानमा रहेको छ । बर्नली भने पाँच अंकसहित लिग तालिकाको पुछारबाट तेस्रो स्थानमा छ ।


#इंग्लिस प्रिमियर लिग

प्रतिकृया दिनुहोस