२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

नेपाली क्रिकेट टिमका कप्तान मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण

- विशेष खबर बुधबार १०, मङि्सर २०७७ ०७:२०

नेपाली क्रिकेट टिमका कप्तान मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई संक्रमण पुष्टि भएको हो ।

कप्तान मल्लले आफूलाई संक्रमण देखिएको पुष्टि गरे । ‘सुरक्षा सवधानीको उपाय अपनाएकै थिएँ । कुनै लक्षण छैन’ उनले भने, ‘परीक्षण गराउँदा पोजेटिभ आएछ ।’ उनी अहिले होम क्वारेन्टिनमा नै छन् ।

उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह समेत गरेका छन् ।


#नेपाली क्रिकेट टिम

प्रतिकृया दिनुहोस