२०८१ बैशाख २९ गते शनिबार | 11 May, 2024

पारस खड्का 'आइसिसी मेन्स एसोसिएट प्लेयर अफ दि डिकेड' अवार्डको मनोनयनमा

- विशेष खबर मङ्गलबार ०९, मङि्सर २०७७ ०५:००

पारस खड्का 'आइसिसी मेन्स एसोसिएट प्लेयर अफ दि डिकेड' अवार्डको मनोनयनमा

काठमाडौं । नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आईसीसीको एसोसिएट राष्ट्रतर्फ दशककै उत्कृष्ट किक्रेट खेलाडीहरुको मनोनयनमा परेका छन् ।

आईसीसीले निकालेको एसोसिएट राष्ट्रतर्फको 'आईसीसी मेन्स एसोसिएट प्लेयर अफ द डिकेड' ६ जनाको अन्तिम सूचीमा नेपालका पारस खड्का परेका हुन् ।

आईसीसीले निकालेको एसोसिएट राष्ट्रतर्फको ६ जनाको अन्तिम सूचीमा नेपालका पारस खड्का परेका हुन् ।

उनीसँगै स्कटल्यान्डका ३ जना,पपुवा न्यू गिनीका एक र नेदरल्यान्ड्सका एक जना खेलाडी मनोनयनमा परेका छन् ।

आईसीसीले उत्कृष्ट खेलाडीको घोषणा भने डिसम्बेर १८ तारिखमा गर्नेछ । उत्कृष्ट खेलाडी भोटिङ मार्फत हुनेछ ।

पारससँगै स्कटल्यान्डका काइल कोटजर,केलम म्याकलेओड र रिची बेरिङटन, पपुवा न्यू गिनीका अशाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयनमा परेका छन् ।

सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका पारसले सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी नेपाली टोलीको कप्तानी सम्हाल्दा नेपाल अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा तल्लो तहमा थियो ।

१० वर्षको बीचमा नेपाली क्रिकेटले देखेको सबैखाले सपना साकार पार्ने समूहको नेतृत्व पारसले गरे । उनी नेपाली क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक सफल कप्तान हुन् । नेपाललाई आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ देखि ट्वान्टी–२० विश्वकप र एकदवसीय अन्तार्रष्ट्रिय मान्यता दिलाउन पारसले खेलाडी र कप्तानको रूपमा खेलेको भूमिका अविश्वसनीय छ ।

खड्का राष्ट्रिय टिमको कप्तानबाट २०७६ साल असोज २८ गते राजीनामा दिएका थिए ।


#पारस खड्का

प्रतिकृया दिनुहोस