२०८२ असार २३ गते सोमबार | 7 July, 2025

गृह मन्त्रालयले १०० जना दर्ता अपरेटर माग्यो, दैनिक पारिश्रमिक १२ सय (सूचनासहित)

बिहिबार १३, कार्तिक २०७७ १०:३९

गृह मन्त्रालयले १०० जना दर्ता अपरेटर माग्यो, दैनिक पारिश्रमिक १२ सय (सूचनासहित)

काठमाडाैं । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ।

राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारीका लागि गृहले दरखास्त आह्वान गरेको हो।

इच्छुकले कात्तिक १३ देखि १५ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन्।आवेदन दिन पैसा लाग्दैन। १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्ने विभागले निकालेको सूचनामा उल्लेख छ।

लिखित परीक्षा मंसिर १३ गते हुनेछ। दरखास्त दिनेको योग्यता प्लस टु पास गरेको हुनुपर्नेछ। काम गरेको दिनको एक हजार दुई सयका दरले पारिश्रमिक उपलब्ध गराइने विभागको भनाइ छ। 

 

 

 

 

 

 

 

 

 


प्रतिकृया दिनुहोस