२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

आइपीएलको सट्टाबाजीमा संलग्‍न ३ जना पक्राउ

बुधबार १४, असोज २०७७ ०९:४७

आइपीएलको सट्टाबाजीमा संलग्‍न ३ जना पक्राउ

काठमाडौं । इन्डियन प्रिमयर लिग (आइपीएल) को अनलाइन बेटिङ (सट्टाबाजी) मा संलग्‍न तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

मोरङ प्रहरी प्रमुख उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार पक्राउ पर्नेमा विराटनगर-१५ का ३८ वर्षीय सत्यजीत भन्ने मुन्ना साह, वैजनाथ साह र विराटनगर-१७ का ४२ वर्षीय जगदीश साह छन् ।

बेटिङमा प्रयोग भएको सामग्री मध्ये सत्यजीतबाट एक मोबाइल, एक ल्यापटप र ६० हजार रुपैयाँ, जगदीशबाट एक मोबाइल, एक मोटरसाइकल तथा वैजनाथबाट एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले आईपीएल सुरु भएदेखि यस्ता गतिविधिमा निगरानी राखिरहेको बताए ।

सुराकी परिचालन गरेर सूचना संकलन गरी पक्राउ गरिएको उनले बताए । डीएसपी राईले यस सम्बन्धि विस्तृत विवरण सार्वजनिक गर्न लागिएको बताए ।

दुबईमा १९ सेप्टेम्बरदेखि सुरु भएको आईपीएलको १३ औं संस्करणमा ८ टिम सहभागी छन् । अन्तिम खेल १० नोभेम्बरमा हुनेछ ।  


प्रतिकृया दिनुहोस