२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

बैंग्लोरले मुम्बईलाई सुपर ओभरमा हरायो

मङ्गलबार १३, असोज २०७७ ०८:१८

बैंग्लोरले मुम्बईलाई सुपर ओभरमा हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । २०२ रनको विजय लक्ष्य पछ्याएको मुम्बईले ५ विकेटको क्षतिमा २०१ रन नै बनाएपछि खेल बराबरी भयो । आईपीएल इतिहासमा पहिलो पटक दुई सयभन्दा धेरै रन बनाएर पनि म्याच टाई भएको यो पहिलो पटक हो ।

दुवै टिमको स्कोर बराबर भएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा मुम्बईले बैंगलोरलाई ८ रनको लक्ष्य दिएको थियो । जसलाई विराट कोहली र एबी डिभिलयर्सले सजिलै लक्ष्य हासिल गरे ।

आईपीएलको यस सिजनमा यो दोस्रो सुपर ओभर हो । यसअघि दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो ।


प्रतिकृया दिनुहोस