२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

आईपीएलः डिफेन्डिङ च्याम्पियन मुम्बईलाई पाँच विकेटले हराउँदै चेन्नाईकाे विजयी सुरुवात

आइतबार ०४, असोज २०७७ ०८:३३

आईपीएलः डिफेन्डिङ च्याम्पियन मुम्बईलाई पाँच विकेटले हराउँदै चेन्नाईकाे विजयी सुरुवात

काठमाडौं । आईपीएल क्रिकेटको पहिलो म्याचमा चेन्नाई सुपरकिंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

सुस्त सुरुवात लिएको चेन्नाइले पछि आक्रामक खेल प्रदर्शन गर्दै इन्डियन प्रिमियर लिगमा शनिबार डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको छ ।

जितका लागि १ सय ६३ रन पछ्याइरहेको चेन्नाइले चार बलको खेल बाँकी छँदै आवश्यक रन बनाएको थियो । चेन्नाईका लागि अम्बाती रायडुले सर्वाधिक ७१ रन बनाए । यस्तै फाफ डु प्लेसिस ४४ बलमा ५५ रन बनाएर नटआउट रहे ।

यसअघि मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । त्यसमा शौरभ तिवारीले सर्वाधिक ४२ रन बनाए । गत वर्षको प्रतियोगितामा मुम्बईले चेन्नाईलाई नै हराएर उपाधि जितेको थियो ।


#आईपीएल

प्रतिकृया दिनुहोस