२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

इंग्ल्यान्डविरुद्धको वान डे सिरिजमा अस्ट्रेलिया २–१ ले बिजयी

बिहिबार ०१, असोज २०७७ १०:१०

इंग्ल्यान्डविरुद्धको वान डे सिरिजमा अस्ट्रेलिया २–१ ले बिजयी

एजेन्सी । ग्लेन म्याक्सवेल र एलेक्स केरी दुवैले उत्कृष्ट शतक बनाएपछि अस्ट्रेलियाले तेस्रो तथा निर्णायक वान डेमा बुधबार इंग्ल्यान्डलाई ३ विकेटले हराउदै वान डे सिरिज २–१ ले जितेकाे छ ।

जितका लागि ३ सय ३ रन पछयाइरहेको अस्ट्रेलिया एक समय ७५ रन बनाउँदासम्म ५ विकेट गुमाइसकेको स्थितिमा थियो ।

त्यति बेला म्याक्सवेल क्रिजमा अए र उनले केरीसँग मिलेर छैटौं विकेटका लागि २ सय १२ रनको साझेदारी गरे । म्याक्सवेलले १ सय ८ रन बनाए भने केरीले १ सय ६ र जोडे ।

विश्व च्याम्पियन इंग्ल्यान्डले ५ वर्षयता घरमा वान डे सिरिज गुमाएको यो पहिलो पल्ट हो ।


# वान डे सिरिज

प्रतिकृया दिनुहोस