२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

कक्षा १२ को परीक्षा अनलाइन वा घरपायक पर्ने परीक्षा केन्द्रबाट गर्न बोर्डकाे प्रस्ताव

बुधबार ३१, भदौ २०७७ ०६:४०

कक्षा १२ को परीक्षा अनलाइन वा घरपायक पर्ने परीक्षा केन्द्रबाट गर्न बोर्डकाे प्रस्ताव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अनलाइन वा विद्यार्थीको घरपायक पर्ने परीक्षा केन्द्रबाट गर्न सरकारलाई प्रस्ताव गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनलाइन वा विद्यार्थी रहेकै स्थानबाट परीक्षा संचालन गर्न प्रस्ताव पठाइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

शिक्षा मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेर स्वीकृत गराएपछि मात्र कार्यान्वयनमा आउनेछ । कुल एक सय पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा गर्ने बोर्डले जनाएको छ ।

विद्यार्थीले कक्षा ११ मा प्राप्त गरेको अंकको आधारमा ४० पूर्णाङ्क र २० पूर्णाङ्कको प्रयोगात्मक परीक्षा गरिने बोर्डले जनाएको छ ।

‘फेस टु फेस’ विधिबाट परीक्षा लिन सम्भव नहुने देखिएकाले रोकिएको परीक्षा गर्न यस्तो प्रस्ताव गरिएको हो । यसको विकल्पमा परम्परागत विधिमा विद्यार्थीलाई घरपायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने प्रस्ताव पनि तयार पारिएको छ ।

यसको लागि बोर्डले विद्यार्थी रहेको स्थानको तथ्याङ्क संकलन गरिरहेको छ । ‘अनलाइनलाई प्रयोग गरेर परीक्षा लिन सकिन्छ भनिएको हो,’ शर्माले भने, ‘विद्यार्थीलाई अनलाइनबाट प्रश्न दिने र खुला विधिबाट उत्तर लेखेर पठाउने मोडल हुन्छ ।’

प्रस्ताव स्वीकृत भइसकेपछि मात्र परीक्षा संचालनसम्बन्धी विस्तृत ढाँचा सार्वजनिक गर्ने बोर्डले जनाएको छ । प्रश्नपत्र अनलाइनबाट पठाएपनि उत्तर बुझाउन सूचना प्रविधिको अन्य साधन पनि प्रयोग गर्न सकिने भनिएको छ ।

वैशाख पहिलो साता संचालन हुने कक्षा १२ को परीक्षा लकडाउनका कारण स्थगित गरिएको थियो । कक्षा १२ मा ४ लाख ३२ हजार परीक्षार्थी छन् । 


#राष्ट्रिय परीक्षा बोर्ड

प्रतिकृया दिनुहोस