२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

सरकारले कुलमान घिसिङकाे कार्यकालबारे गरेन निर्णय

- विशेष खबर सोमबार २९, भदौ २०७७ ०९:३४

सरकारले कुलमान घिसिङकाे कार्यकालबारे गरेन निर्णय
फाइल तस्बिर ।

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले पुनः नियुक्त गर्ने चर्चा चले पनि सोमबारको मन्त्रिपरिषद्ले यसबारे कुनै निर्णय नभएकाे एक मन्त्रीले बताए।

साेमबारकाे मन्त्रिपरिषद् बैठकमा यससम्बन्धि प्रस्ताव नै नआएको ति मन्त्रीले बताए ।

उर्जामन्त्री वर्षमान पुनले घिसिङलाई पुनर्नियुक्ति गर्ने प्रस्ताव मन्त्रालयमा लैजाने तयारी गरेको उनको सचिवालयले बताएको थियो ।

आजको बैठकले कुलमानलाई नै पुन:नियुक्ति गर्ने अड्कल गरिएको थियो। उनलाई सरकारले फेरि चार वर्षका लागि नियुक्त गर्छ गर्दैन भन्ने विषय चासोका साथ हेरिएको थियो।

सोमबार बसेको मन्त्रिपरिषद बैठकमा भने उनको नियुक्तिको प्रस्ताव ऊर्जा मन्त्रालयबाटै गएन।

प्रधानमन्त्री केपी ओलीले कुलमानबारे प्रस्ताव नल्याउन भनेपछि उनको नियुक्तिको प्रस्ताव रोकिएको ऊर्जा मन्त्रालय स्रोतको दाबी छ।


#मन्त्रिपरिषद् बैठक

प्रतिकृया दिनुहोस