२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

जाेखिमयुक्त बस्ती स्थानान्तरण गर्न कांग्रेसकाे मागम

आइतबार २८, भदौ २०७७ ०३:४७

जाेखिमयुक्त बस्ती स्थानान्तरण गर्न कांग्रेसकाे मागम

काठमाडाैं । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सिन्धुपाल्चोकमा पछिल्लो समय पटकपटक पहिराले क्षति गरेको तथ्य दृष्टिगत गर्दै भूगर्भविद्ले औँल्याएका जोखिमका बस्तीका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न सरकारसमक्ष माग गरेका छन् ।

देउवाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरो जाँदा ९ को मृत्यु र २२ जना बेपत्ता  तथा बाग्लुङमा एक जनाको मत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

 उनले आज  विज्ञप्तिमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै प्राकृतिक विपत्को यस घडीमा बेपत्ताको तीव्रताका साथ खोजी गर्न, घाइतेलाई  उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामग्री खाद्यान्न, लत्ताकपडा, भाँडाकँुडा, औषधि र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।
 
 उद्धार र राहतको मानवीय कर्तव्यमा थप सक्रियताका लागि पार्टीका सम्पूर्ण नेताकार्यकर्तामा अपिल गर्दै उनले पहिरामा जीवन गुमाउनेहरुको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।


#काँग्रेस

प्रतिकृया दिनुहोस