२०८१ बैशाख ३० गते आइतबार | 12 May, 2024

खप्तड गोल्डकप : आयोजक सुदूरपश्चिम–११ च्याम्पियन

मङ्गलबार २०, फागुन २०७६ ०६:०७

खप्तड गोल्डकप : आयोजक सुदूरपश्चिम–११ च्याम्पियन

धनगढी । आयोजक सुदूरपश्चिम ११ स्पोर्ट्स क्लब सर्वाधिक धनराशीको नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको च्याम्पियन बनेको छ ।

धनगढी रंगशालामा मंगलबार भएको फाइनलमा थ्री स्टारलाई १–० ले पराजित गर्दै आयोजक पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो । क्लब फुटबलमा सुदूरपश्चिमको यो सबैभन्दा ठुलो सफलता हो ।

आयोजकलाई च्याम्पियन बनाउन बिक्रम सिंह ठकुृरीले गरेको गोल नै निर्णायक बन्यो । थ्री स्टार भने लगातार दोस्रोपटक उपविजेतामा सीमित बन्न पुग्यो । खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि थ्री स्टार फिनिसिङमा चुक्दा उपविजेतामा सीमति बन्न पुग्यो ।

यससँगै बिजेता सुदूरपश्चिमले २१ लाख १ रुपैया प्राप्त गरेको छ भने उपबिजेता थ्री स्टारले १० लाख १ रुपैयमा चित्त बुझाएको छ ।


#फुटबल

प्रतिकृया दिनुहोस