२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

सलाहको ह्याट्रिकसंगै लिभरपुलकाे विजयी सुरूवात

आइतबार २८, भदौ २०७७ ०७:५९

सलाहको ह्याट्रिकसंगै लिभरपुलकाे विजयी सुरूवात

एजेन्सी। मोहम्मद सलाहको ह्याट्रिकमा लिभरपुलले इंग्लिस प्रिमियर लिग नयाँ सिजनको आफ्नो पहिलो खेलमा लिड्स युनाइटेडलाई शनिबार ४–३ ले हराएको छ ।

खेलको सुरुआती ३३ मिनेटमा पाँच गोल भएका थिए । सलाहले पेनाल्टीबाट पहिलो गोल गरेपछि लिड्सका लागि ज्याक ह्यारिसनले बराबरी गोल फर्काए ।

लगतै भर्जिल भान डाइकले गोल गरे र उनले दिएको पेनाल्टीमा प्याट्रिक बामफोर्डले फेरि लिड्सका लागि बराबरी गरे ।

सलाहको दोस्रो व्यक्तिगत गोलपछि लिड्सबाट फेरि म्याथुज क्लिचले तेस्रो पल्ट खेल बराबरीमा ल्याए । यस्तोमा सलाहले ८८ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे र डिफेन्डिङ च्याम्पियनलाई विजयी सुरुआत दिए ।

शनिबार रातिको अर्को खेलमा न्युकासल युनाइटेडले वेस्ट ह्यामलाई २–० ले हरायो । यस्तै क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई १–० ले पराजित गर्‍यो ।


#इंग्लिस प्रिमियर लिग

प्रतिकृया दिनुहोस