२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

प्रिमियर लिग सुरू, आर्सनलकाे विजयी सुरुवात

शनिबार २७, भदौ २०७७ ०८:०५

प्रिमियर लिग सुरू, आर्सनलकाे विजयी सुरुवात

काठमाडौं । प्रिमियर लिग फुटबल सुरू भएसंगै आर्सनलले विजयी सुरुवात गरेको छ ।

शनिबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा आर्सनलले फुलहमलाई ३-० ले पराजित गरेको हो ।

खेलको ८औं मिनेटमा अलेक्जान्डर लाकाजेटले आर्सनललाई अग्रता दिलाए ।

पहिलो हाफमा त्यसलाई जोगाएको आर्सनलले दोस्रो हाफमा दुई गोल थप्यो ।

४९औं मिनेटमा गाब्रिएलले गोल गर्दै अग्रता दोब्बर पारे ।

५७औं मिनेटमा पिएरे एमरिक अबामियाङले आर्सनलका लागि तेस्रो गोल गरे ।


प्रतिकृया दिनुहोस