२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

क्यानले पठायाे २२ खेलाडीकाे खातामा तलब

बिहिबार २५, भदौ २०७७ ०२:४६

क्यानले पठायाे २२ खेलाडीकाे खातामा तलब
फाइल तस्बिर ।

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय टिमका २२ अनुबन्धित खेलाडीलाई तलब प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकट परिषद (आईसीसी) बाट रकम प्राप्त भएपछि क्यानले खेलाडीको खातामा तलब हालेको हो ।

यो सन् २०१९ को वर्षभरिको तलब हो । अनुबन्धअनुसार ग्रेड ‘ए’ का खेलाडीले मासिक ४५ हजार, ग्रेड ‘बी’ का खेलाडीले ३५ हजार र ग्रेड ‘सी’ का खेलाडीले २५ हजार पाउने छन् । यो रकम क्यानले प्रत्येक खेलाडीमा थपिदिएको १० हजार रुपैयाँसमेत गरी हो ।

ग्रेड ‘ए’ मा ज्ञानेन्द्र मल्ल, पारस खड्का, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी छन् ।

यस्तै ग्रेड ‘बी’ अभिनाष बोहरा, आरिफ सेख, वसन्त रेग्मी, ललितनारायण राजवंशी, पवन सर्राफ, रोहित पौडेल, सन्दीप जाेरा र सुसन भारी छन् । ग्रेड ‘सी’ मा भने इशान पाण्डे, कुलश भुर्तेल, कुशल मल्ल, प्रदीप ऐरी, राजु रिजाल र रसिद खान छन् ।


#नेपाल क्रिकेट संघ

प्रतिकृया दिनुहोस