२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीद्वारा स्वास्थ्यलाभको कामना

सोमबार १९, फागुन २०७६ ११:२०

प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीद्वारा स्वास्थ्यलाभको कामना

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले सफल शल्यक्रिया र स्वास्थ्य लाभको कामना गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत शुभकामना दिएका हुन् ।

मोदीले पशुपतिनाथको कृपा रहोस् भन्ने कामना गर्दै सुस्वास्थ्य, सुख र दीर्घायूको पनि कामना गरेका छन् ।

प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौलाको शल्यक्रिया गर्नका लागि सोमबार अस्पताल भर्ना हुँदैछन् । उनको बुधबार मिर्गौलाको प्रत्यारोपण गरिदैछ ।


#प्रधानमन्त्री

प्रतिकृया दिनुहोस