२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

ओलम्पियन खेलाडीको कोरोना बीमा गरिने

शनिबार २०, भदौ २०७७ ०८:१३

ओलम्पियन खेलाडीको कोरोना बीमा गरिने

काठमाडाैं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने भएको छ । कमिटीको आज बसेको भर्चुअल बैठकमा ओलम्पिक खेलाडीको कोरोना बीमा गर्ने निर्णय गरिएको हो ।

बैठकले ओलम्पियनसंगै हाल ओलम्पिकको तयारी गरिरहेका खेलाडी, प्रशिक्षक, ओलम्पिक कमिटीका सदस्य तथा कर्मचारीको समेत कोरोना बीमा गर्ने निर्णय गरेको छ ।

यस्तै नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा अन्य तीन कर्मचारी कोरोना संक्रमणबाट मुक्त भएका छन् ।


प्रतिकृया दिनुहोस