२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

सिपिएलः सन्दीपकाे टाेली जमैका सेमिफाइनलमा

शुक्रबार १९, भदौ २०७७ ०३:०३

सिपिएलः सन्दीपकाे टाेली जमैका सेमिफाइनलमा

काठमाडाैं । नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी २० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । 

आज बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले पराजित गरेपछि जमैका दुई खेल अगावै सेमिफाइनल पुग्न सफल भएको हो ।

यसअघि सन्दीपको टोली जमैकाको बिहीबार राति सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्ससितको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

उक्त खेलमा दुवै टोली एकएक अकं बाड्न बाध्य भए । तीन अंकमा सीमित सेन्ट किट्स प्रतियोगिताबाट बाहिरिएको छ । उसले हालसम्म नौ खेलमा एकमा जीत तथा आठमा पराजय भोगेको छ । जमैका हालसम्म आठ खेलमा तीनमा जीतका साथ सात अंक सहित चौथो स्थानमा छ । 

लिगमा शतप्रतिशत नतिजा निकाल्न सफल ट्रिनबागो नाइट राइडर्स १६ अंक बनाउँदै यसअघि नै सेमिफाइनल पुगिसकेको छ । उसले दुई खेल खेल्न अझै बाकी छ ।

लिगमा सबै खेल खेलिसकेको गुयाना अमेजन वारियर्स हालसम्म १० खेलमा ६ मा जीतका साथ १२ अंक बनाएर अन्तिम चारमा स्थान बनाउन सफल भएको छ । 

यस्तै सेन्ट लुसिया जुक्स पनि सेमिफाइनलमा पुगिसकेको छ । उसले हालसम्म आठ खेलमा पाँचमा जित निकाल्दै १० अङ्क जोडेको छ ।

साविक विजेता बारबाडोस ट्रिडेन्ट्स भने नौ खेलमध्ये दुईमा मात्र विजयी भई चार अंकका साथ प्रतियोगिताबाट बाहिरिएको छ । 


#क्यारेबियन प्रिमियर लिग

प्रतिकृया दिनुहोस