२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

पीएसजीका नेयमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण

बिहिबार १८, भदौ २०७७ १२:५५

पीएसजीका नेयमारसहित तीन खेलाडीलाई  कोरोना संक्रमण

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का तीन खेलाडी कोराना भाइरसबाट संक्रमति भएका छन् ।

पीएसजीले बिहीबार आफ्ना तिन खेलाडीलाइ काेराेना संक्रमण भएकाे पुष्टि गरेको छ । त्यसमध्ये एक खेलाडी ब्राजिलका नेयमार रहेको बताइएको छ।

युरोपेली च्याम्पियन्स लिग उपविजेताले घरेलु लिग वान सुरु हुन अगाडि आफ्ना खेलाडीको कोराना परीक्षण गरेको थियो । पीएसजीले भनेको छ, ‘हाम्रा तीन खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।’ क्लबका सबै खेलाडी र स्टाफहरुको पनि केही दिनमै कोरोना परीक्षण हुने पीएसजिले जनाएकाे छ ।

क्लबले संक्रमित खेलाडीको नाम भने बताएकाे छैन, तर फ्रान्सेली समाचार संस्था (एएफपी) ले आफ्नो स्रोतलाई उद्धृत गर्दै त्यसमध्ये एक खेलाडी नेयमार रहेको जनाएको छ ।


प्रतिकृया दिनुहोस