२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

शिक्षा सम्बन्धी एसिया प्यासिफिक भेला सम्पन्न

आइतबार १८, फागुन २०७६ ०९:०४

शिक्षा सम्बन्धी एसिया प्यासिफिक  भेला सम्पन्न

काठमाडौं ।  शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, एसिया प्यासिफिक शैक्षिक संजाल ASPBAE र नेपाल दिगो विकास फोरमको सहकार्यमा दिगो विकास लक्ष्य ४ को राष्ट्रीय कार्ययोजना माथीको स्वस्तस्फुर्त राष्ट्रीय समिक्षा सम्बन्धी खुल्ला छलफल कार्यक्रम आज काठमाडौं मा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा गुणस्तरिय सार्बजनिक शिक्षा प्रणालीका पक्षमा क्रीयाशिल एसिया प्यासिफिक क्षेत्रका १५ राष्ट्रका ५० जना अभियानकर्मिहरुको सहभागितमा रहेको थियो ।

नेपालबाट रास्ट्रीय योजना आयोगकि सदस्य नेपालबाट डा.उषा झा मानवअधिकारकर्मी गैरी प्रधान ,बिभागका निर्देशक डा तुलसि थपलिया शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले आफ्नो विचार एवम प्रस्तुती राखेका थिए ।

ASPBAE का अध्यक्ष नानी, महासचिव मारीया खान, जिपिइ प्रतिनिधी हेलेनले शिक्षाको विश्वब्यापी एवम क्षेत्रीय अवस्था र चुनौती एवम नेपाल जस्ता राष्ट्र्ले अबलम्बन गर्नुपर्ने रणनिती बारे प्रस्तुती गरेका थिए ।


#शिक्षा

प्रतिकृया दिनुहोस