२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

कुलमानलाई सामाजिक संजालले नै नियुक्त दिएको होला, सरकारले दिएको छैन: प्रवक्ता खतिवडा

- विशेष खबर बिहिबार ११, भदौ २०७७ ०४:३६

कुलमानलाई सामाजिक संजालले नै नियुक्त दिएको होला, सरकारले दिएको छैन: प्रवक्ता खतिवडा
फाइल तस्बिर ।

काठमाडाैं । सरकारका प्रवक्ता युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिनेबारे मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको बताएका छन् ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बिहीबार कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि जिम्मेवारी दिएकोबारे प्रष्ट पार्न सोधिकएको प्रश्नको जवाफ दिँदै अर्थ एवं सूचना तथा संचार प्रविधिमन्त्री खतिवडाले भने, 'उहाँलाई सामाजिक संजालले नै नियुक्त दिएको होला, सरकारले दिएको छैन । सामाजिक संजालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन ।'

खतिवडाले थपे, 'औपचारिक प्रस्ताव पनि थिएन । त्यससम्बन्धि छलफल पनि केही भएको छैन ।' सामाजिक संजालमा आएका कुरा र केही संचारमाध्यममा आएका कुरामा सत्यता नभएको उनको भनाइ थियो ।

भदौ २९ गते कार्यकाल सकिन लागेका कुलमान घिसिङलाई फेरि नियुक्त गर्नुपर्ने भन्दै सामाजिक संजालमार्फत सरकारलाई दबाब आइरहेको छ ।

 


#मन्त्रिपरिषद् बैठक

प्रतिकृया दिनुहोस