२०८१ मङि्सर ०६ गते बिहिबार | 21 November, 2024

वायर्नले जित्यो च्याम्पियन्स लिगको उपाधि

सोमबार ०८, भदौ २०७७ ०८:१९

वायर्नले जित्यो च्याम्पियन्स लिगको उपाधि

एजेन्सी । जर्मन क्लब वायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। आइतबार राति भएको उपाधि भिडन्तमा वायर्नले फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० गोलले पराजित गर्दै जितेको हो।

वायर्नको जितमा किङ्गस्ले कोम्यानले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ५९ मिनेटमा हेडमार्फत गोल गरेका थिए।

यससँगै वायर्नले छैटौं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको हो। पहिलो पटक फाइनल पुगेर इतिहास बनाएको पिएसजीले पहिलो उपाधि जित्ने मौका गुमाएकाे छ।

खेलमा पिएसजीका केलियन एमबाप्पे, मार्किन्होस र नेइमारको प्रहारलाई वार्यनका गोलकिपर म्यानुयल नेउरले विफल पारेका थिए। यस्तै पहिलो हाफमा वार्यनका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको प्रहार पोस्टमा लागेर फर्किएको थियो।

कोरोना भाइरसका कारण पोर्चुगलको लिस्बनमा क्वार्टरफाइनल देखिका सबै खेल भएका थिए। खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको थियो।


#फुटबल

प्रतिकृया दिनुहोस