२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

च्याम्पियन्स लिग फाइनल आजः पीएसजी र बायर्न म्युनिक भिड्दैं

आइतबार ०७, भदौ २०७७ ०२:४६

च्याम्पियन्स लिग फाइनल आजः पीएसजी र बायर्न म्युनिक भिड्दैं

एजेन्सी । यस सिजनको युरोपियन च्याम्पियन्स लिगको विजेताको टुंगो आइतबार राति लाग्दैछ। कोरोना भाइरसका कारण साढे तीन महिना स्थगित भएको लिगको उपाधि भिडन्तका लागि  वायर्न म्युनिख र  पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्दैछन्।

उपाधि भिडन्त पोर्चुगलको लिस्बनमा नेपाली समयअनुसार आइतबार राति पौने एक बजे हुनेछ । सन् २०१३ पछि च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानमा रहेको वार्यन अहिले विश्वकै उत्कृष्ट फुटबल टिम हो।

स्पेनिस महारथी बार्सिलोनालाई क्वार्टरफाइनलमा ८–२ ले पराजित गरेको वायर्नले सिजनको च्याम्पियन्स लिगको १० खेलमा ४२ गोल गरिसकेको छ। समूह चरणमा वार्यनले इंग्लिस क्लब टोटनह्यामविरुद्ध १० गोल र अन्तिम १६ मा इंग्लिस क्लब चेल्सीविरुद्ध ७ गोल गरेको थियो।

फुटबल विश्लेषक गुइलेम बलागेका अनुसार आइतबारको उपाधि भिडन्त युरोपको उत्कृष्ट टिम र उत्कृष्ट खेलाडीबीचको हो।

पहिलो पटक युरोपियन च्याम्पियन लिग जितेर इतिहास बनाउने लक्ष्यमा रहेको पिएसजीमा नेइमार, केलियन एमबाप्पे र एन्जल डि मारिया जस्ता नामी खेलाडी छन् ।

च्याम्पियन्स लिगको १९ खेलमा पिएसजीले गरेको २३ गोलमा नेइमार प्रत्यक्ष संलग्न छन्। २३ मध्ये नेइमार १४ गोल गरेका हुन् भने नौ पास गोल गर्न उपलब्ध गराएका छन्।

च्याम्पियन्स लिगमा पिएसजी र वायर्नबीच अहिलेसम्म आठ पटक प्रतिस्पर्धा भएको छ। तीन सबै प्रतिस्पर्धा समूह चरणमा भएका हुन्। जसमा पिएसजीले पाँच खेल जितेको छ भने वायर्न तीन पटक विजयी भएको छ।

पहिलो पटक फाइनलमा पुगेको पिएसजी च्याम्पियन्स लिगको फाइनलमा पुग्ने ४१औं टिम हो। फाइनलमा पुग्ने पछिल्ला ६ वटा नयाँ टिम पराजित भएका छन्।

वायर्न ११औं पटक युरोपियन कप/च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो। वायर्नभन्दा बढी रियल १६ पटक फाइनलमा पुगेको थियो।

वायर्नले अहिलेसम्म पाँच पटक उपाधि जितेको छ। जुन सर्वाधिक उपाधि जित्ने टिमको सूचीमा चौथो हो। रियलले सर्वाधिक १३ पटक, एसी मिलानले ७ पटक र लिभरपुलले ६ पटक उपाधि जितेका छन्।

एक प्रकारले दुवै टिम स्तरीयताको आधारमा बराबर छन्, तर पनि केही हदसम्म बायर्नकै हातमाथि छ । फाइनलमा कडा प्रतिस्पर्धा हुने निश्चित छ, अनि यो उत्तिकै अब्बल दर्जाको पनि हुनेछ ।

पीएसजीमा स्टार खेलाडीको कुनै कमी छैन, तर एउटा टिमका रूपमा बायर्न एक पाइला अगाडि छ ।


#युरोपियन च्याम्पियन्स लिग

प्रतिकृया दिनुहोस