२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

जमैका तल्लावाहजकाे लगातार दोस्रो हार

- विशेष खबर आइतबार ०७, भदौ २०७७ ०९:५८

जमैका तल्लावाहजकाे लगातार दोस्रो हार

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२० मा नेपाली खेलाडी सन्दीप लामिछाने सम्मलित जमैका तल्लावाहजले लगातार दोस्रो हार व्यहोरेको छ ।

सन्दीपसहित मुजिर उर रहेमान र कार्लोस ब्रेथवेइटको उत्कृष्ट बलिङ अनि आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गरेपनि जमैका गायना अमेजन वारियर्ससँग १४ रनले पराजित भएको हो ।

उत्कृष्ट बलिङ गर्दै गायनलाई ११८ रनमा रोकेको जमैकाले रसेलको अर्धशतकका बाबजुत पनि सामान्य लक्ष्य पूरा गर्न सकेन ।

जमैकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो । रसेलले ३७ बल खेल्दै ४ चौका र ५ छक्काको मद्दतमा ५२ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । यस्तै  कप्तान रोभमन पावेलले २३ र असिफ अलीले १४ रन बनाए ।

जमैकाका लागि मुजिव र ब्रेथवेइटले ३–३ विकेट लिए भने सन्दीपले किफायती बलिङ गर्दै २ विकेट लिए ।

विदेशी लिगमा उत्कृष्ट बलिङ गर्ने क्रममा सन्दीपले ४ ओभरमा ८ रन मात्र खर्चेर २ विकेट लिए । यो सन्दीपले अहिलेसम्म खेलेको विदेशी लिगहरुमा सबैभन्दा किफायती बलिङ हो ।

यस सिजन लगातार दोस्रो हार व्यहोरेको जमैका ३ खेलबाट २ अंकसहित अंकतालिकामा पाँचौ स्थानमा छ ।


#क्यारेबियन प्रिमियर लिग

प्रतिकृया दिनुहोस