२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

सीपीएलकाे पहिलो खेलमा सन्दिपकाे एक विकेट

बुधबार ०३, भदौ २०७७ १०:१८

सीपीएलकाे पहिलो खेलमा सन्दिपकाे एक विकेट

काठमाडौं । युवा लेगस्पीनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी२० क्रिकेटको यस सिजन पहिलो खेलमा एक विकेट लिएका छन् ।

मंगलबारदेखि ट्रिनिडाड एण्ड टोबागोमा सुरु भएको सीपीएलमा सन्दीपले पहिलो खेल खेल्दै विकेट लिएका हुन्। जमैका तल्लावहजका लागि खेलेका सन्दीपले सेन्ट लुसिया जुक्सविरुद्ध एक विकेट लिए ।

सन्दीपले आफ्नो अन्तिम ओभरमा जुक्सका अफगानि खेलाडी नजिबुल्लाह जद्रानलाई कप्तान रोभमन पावेलो हातबाट क्याचआउट गराए ।

सन्दीपले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिएका हुन् । जमैका तल्लावहजले २० ओभरमा  ७ विकेटकाे नाेक्सानीमा १५७ रन बनाएकाे छ । सेन्ट लुसिया जुक्स अहिले १५७ रनकाे लक्ष्य पछ्याउदै ब्याटिङ्ग गरिरहेकाे छ ।


#क्यारेबियन प्रिमियर लिग

प्रतिकृया दिनुहोस