२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

निर्वाचन आयोगमा नेकपा एमाले दर्ता

- विशेष खबर बुधबार ०३, भदौ २०७७ ०३:५९

निर्वाचन आयोगमा नेकपा एमाले दर्ता

काठमाडाैं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) दर्ता गरेको छ। आयोगको बुधबार बसेको बैठकले सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको हो।

मोरङकी तिवारीको अध्यक्षमा दल दर्ता गर्न आयोगमा निवेदन परेको थियो। एमालेले चिन्ह भने पहाडबाट उदाउँदै गरेको सूर्य राखेको छ।

सो दलले गत असारमा दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएपछि पछिल्लो समय नेकपामा विवाद उत्पन्न भएको थियो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नै एमाले पार्टी दर्ताको प्रकृया अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको इशारामा भएको दावी गरेका थिए । त्यसले गर्दा पार्टीमा विवाद नै उत्पन्न भयो र स्थायी कमिटीको बैठक नै प्रभावित भएको थियो ।

नेकपाका अध्यक्ष ‘प्रचण्ड’ले सचिवालय बैठकमै नेकपा एमाले दर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका रहेको आरोप लगाएका थिए। ओलीले उक्त कुरा स्वीकार गरेका थिएनन्।

 


#निर्वाचन आयोग

प्रतिकृया दिनुहोस