२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

भारतीय क्रिकेटर धोनीका ५ रेकर्ड

आइतबार ३२, साउन २०७७ ०८:५३

भारतीय क्रिकेटर धोनीका ५ रेकर्ड

भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले शनिबार अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्यास लिने निर्णय गरे।

सन् २०१४ को डिसेम्बरमा टेस्ट क्रिकेटबाट संन्यास लिएका धोनीले शनिबार एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेट पनि नखेल्ने निर्णय गरेका हुन्।

उनले भारतीय टिमलाई दिएको योगदानका कारण उनी सधैं चर्चाको शिखरमा रहे।

करिअरका दौरानमा धोनीले बानाएका पाँच रेकर्ड ः

आइसिसीका तीन प्रतियोगिता जित्ने एक्लो कप्तान
धोनी आइसिसीको तीन प्रतियोगिता जित्ने एक्लो कप्तान हुन्। धोनीको नेतृत्वमा भारतले सन् २००७ को टी-२० विश्वकप, २०११ को एकदिवसीय विश्वकप र २०१३ को च्याम्पियन्स ट्रफीको उपाधि जित्यो।

कप्तानको रुपमा बढी अन्तर्राष्ट्रिय खेल
धोनीले भारतका लागि ३३२ अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरे। जसमा २०० एकदिवसीय, ६० टेस्ट र ७२ टी-२० समावेश छन्। अस्ट्रेलायाका रिकी पोन्टीङ धोनी भन्दा ८ खेल कम ३२४ अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरेर दोस्रो स्थानमा छन्। धोनी तीनै फर्म्याटको क्रिकेटमा ५० बढी खेलमा कप्तानी गर्ने एक्लो कप्तान हुन्।

बढी फाइनल जित्ने कप्तान
धोनी एकदिवसीय प्रतियोगिताको बढी फाइनल जित्ने कप्तान हुन्। उनले भारतलाई २ भन्दा बढी टिम सहभागी ६ वटा एकदिवसीय प्रतियोगिता फाइनल पुर्‍याए। यस्तै उनी कप्तानको रुपमा बढी एकदिवसीय खेल जित्ने दोस्रो कप्तान हुन्। उनले कप्तानको रुपमा ११० खेल जिते।

एकदिवसीय खेलमा बढी नटआउट
धोनी एकदिवसीय खेलमा बढी नटआउट हुने खेलाडी हुन्। उनी ८४ एकदिवसीय खेलमा नटआउट रहे।

अन्तर्राष्ट्रिय क्रिकेटमा बढी स्टम्पिङ
धोनी अन्तर्राष्ट्रिय खेलमा बढी स्टम्पिङ गर्ने विकेटकिपर हुन्। उनले ३५० खेलमा १२३ स्टम्पिङ गरे। यस्तै उनी सय स्टम्पिङ पूरा गर्ने पहिलो विकेटकिपर हुन्।

एजेन्सीकाे सहयाेगमा


#महेन्द्रसिंह धोनी

प्रतिकृया दिनुहोस