२०८१ बैशाख ११ गते मङ्गलबार | 23 April, 2024

धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

शनिबार ३१, साउन २०७७ ०९:५१

धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
MS Dhoni

काठमाडौं । भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।

भारतीय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका धोनीले शनिबार साँझ इन्स्टाग्राममा एउटा पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

‘अहिलेसम्मको माया र समर्थनका लागि धन्यवाद । ७ : २९ बजेपछि मलाई रिटायर्ड खेलाडीका रुपमा लिनुहोला’ उनले लेखेका छन् ।

तर उनले कुन फर्म्याटबाट सन्यास लिएको हो भन्ने कुरा भने खुलाएका छैनन् । भारतीय सञ्चारमाध्यमहरुले भने धोनीले सबै फर्म्याटको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको जनाएका छन् ।

उनले आफ्‍नो करियरको विभिन्‍न आरोह-अवरोहलाई 'मैं पल दो पलका शायर हूं' गीतसहितको भिडियो बनाएर सेयर गरेका छन् ।

भारतीय क्रिकेटमा धोनीलाई सफल कप्तानका रुपमा हेरिन्छ । धोनीकै कप्तानीमा भारतले सन् २००७ मा ट्वान्टी–२० विश्वकप, सन् २०११ मा एकदिवसीय विश्वकप र सन् २०१३ मा आईसीसी च्याम्पियन्स ट्रफी जितेको थियो । धोनीले अन्तिम पटक सन् २०१९ को विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्याण्डविरुद्धको खेल खेलेका थिए । जुन खेल भारतले हारेको थियो ।

धोनीले टेस्ट क्रिकेटबाट भने सन् २०१५ को सुरुवातमै सन्यासको घोषणा गरेका थिए ।

उनले सन् २००४ मा भारतीय टिममा डेब्यु गरेका थिए । त्यसकाे तीन वर्षमै उनलाई ट्वान्टी–२० टिमको कप्तानी दिइएको थियो ।


#क्रिकेट

प्रतिकृया दिनुहोस