२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

त्रिविका परीक्षा तत्काल नहुने

बिहिबार २९, साउन २०७७ ०६:२५

त्रिविका परीक्षा तत्काल नहुने

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । काेराेना संक्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । 

यसअघि बन्दाबन्दी  खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो ।

'हामीले स्थिति सहज भएपछि परीक्षाको तयारी गरेका थियौं', उनले भने,  'तर अहिले फेरि संक्रमण बढिरहेको छ । त्यसैले परीक्षा गर्ने तयारी गरे पनि पुनः स्थगन गरेका छौँ ।' त्रिविले सामान्यावस्था भए मात्र परीक्षा चलाउने भएको छ  । 
परीक्षा नियन्त्रक जोशीले अब हुने परीक्षाको जिम्मा डीन कार्यालयलाई दिइएको जानकारी दिए ।  'कस्तो अवस्थामा परीक्षा गर्ने नगर्ने भन्ने जिम्मा डीन कार्यालयलाई दिएका छौँ', उनले भने, ' सामान्य अवस्था भए पनि डीन कार्यालय नै परीक्षाको तयारी गर्ने छ ।' 

भदौ १ गतेदेखि लामो दूरीका यातायात सञ्चालन भएपछि  विद्यार्थी काठमाडाै आउने र त्यसपछि परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो ।

कोरोना भाइरसको संक्रमण बढदै गएपछि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्मका लागि लामो दूरीका यातायात चल्न नदिने निर्णय गरेको छ । 
 


#त्रिभुवन विश्वविद्यालय

प्रतिकृया दिनुहोस