२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

भदौदेखि शुरु गर्ने भनिएको फुटबल टिमकाे प्रशिक्षण स्थगित

बुधबार २८, साउन २०७७ ०८:२०

भदौदेखि शुरु गर्ने भनिएको फुटबल टिमकाे प्रशिक्षण स्थगित

काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिमले भदौदेखि शुरु गर्ने भनिएको प्रशिक्षण स्थगित भएको छ ।

अक्टोबर/नोभेम्बरमा हुने भनिएको फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोट खेलहरु २०२१ मा सरेपछि नेपाली फुटबल टिमको प्रशिक्षण सुरु नहुँदै स्थगित भएको हो ।

नेपालले दशरथ रंगशालामा चिनियाँ ताइपेयी, अस्ट्रेलिया र जोर्डनविरुद्ध खेल्ने तालिका थियो । यसका लागि एएफसीले मितिसमेत तय गरिसकेको थियो ।

विश्वकप छनोट अन्तर्गतका खेलहरु २०२१ मा हुने भनिएपनि कुन मितिमा हुने तोकिएको छैन । 

सरकारले केही समयअघि लकडाउन खुला गर्दै भदौ १ देखि जनस्वास्थयको मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण सुरु गर्न सकिने निर्णय गरेको थियो ।

त्यसै अनुसार अखिल नेपाल फुटबल संघले उपत्यकाबाहिर रहेका खेलाडीसमेत बोलाएर कोरोना संक्रमण परीक्षण समेत गराएको थियो ।

 

 


#अखिल नेपाल फुटबल संघ

प्रतिकृया दिनुहोस