२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

विश्वकप छनोटका बाँकी खेल स्थगित

बुधबार २८, साउन २०७७ ०२:२९

विश्वकप छनोटका बाँकी खेल स्थगित

काठमाडाैं । कोरोना संक्रमणको कारण देखाउँदै  विश्वकप छनोट २०२२ अन्तर्गत नेपालका बाँकी तीन खेल बुधबार स्थगित गरिएका छन् ।

एसियाली फुटबल महासंघ (एएफसी) ले महामारीका कारण धेरै देशले छनोट खेल गर्न नसक्ने भएको जनाउँदै स्थगित गरेको हो ।  यो एसियाकप छनोटको खेल पनि हो ।

नेपालले दशरथ रंगशालामा चिनियाँ ताइपेयी, अस्ट्रेलिया र जोर्डनविरुद्ध खेल्ने तालिका थियो । यसका लागि एएफसीले मितिसमेत तय गरिसकेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसकै लागि भनेर राष्ट्रिय टिमको तयारीसमेत सुरु गरिसकेको थियो । यसै साता मात्र एन्फाले खेलाडीलाई बोलाएर कोरोना परीक्षण गरेको थियो

 


#एसियाली फुटबल महासंघ

प्रतिकृया दिनुहोस