२०८१ मङि्सर ०६ गते बिहिबार | 21 November, 2024

उडान प्रतियोगितामा विमान ठाेक्किँदा दुई पाइलटको मृत्यु

- विशेष खबर सोमबार ०१, असोज २०८० १०:५९


लस एन्जल्स । अमेरिकाको पश्चिमी राज्य नेभाडामा विमान उडान प्रतियोगितामा दुई जना चालकले ज्यान गुमाएका छन् । 

‘टी सिक्स गोल्ड रेस’का क्रममा विमान अवतरण गर्दा दुई वटा विमान एक आपसमा ठोक्किदा उनीहरूको मृत्यु भएको आयोजकहरूले आइतबार बताएका हुन् । 'हाम्रो रेसिङ परिवारका दुई सदस्य निक मेसी र क्रिस रशिङको अवतरण गर्दा दुर्घटनामा परी ज्यान गएको छ, दुवै जना दक्ष पाइलट थिए,' रेनो एयर रेसिङ एसोसिएसनले एक विज्ञप्ति निकालेर भनेको छ ।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

सात रेसिङ क्लास समेटिएको उक्त कार्यक्रमले विगत १० वर्षमा १० लाखभन्दा बढी दर्शकलाई आकर्षित गरेको तथा त्यसबाट ७५ करोड डलर आम्दानी भएको एसोसिएसनले बताएको छ ।

विगत पाँच दशकदेखि हरे वर्ष आयोजना हुँदै आएको यो प्रतियोगितामा यसरी पाइलटको मृत्यु भएको यो पहिलो दुर्घटना होइन ।

 गत वर्ष पनि जेट विमान दुर्घटना हुँदा चालकको मृत्यु भएको थियो । सन् २०११मा दर्शकहरूको भीडमा विमान खस्दा ११ जनाको मृत्यु भएको थियोभने  अन्य ६० जना घाइते भएका थिए । 


प्रतिकृया दिनुहोस