२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

भारतमा पुलबाट बस खस्दा २१ जनाको मृत्यु

- विशेष खबर मङ्गलबार २६, बैशाख २०८० ०९:५०

भारतमा पुलबाट बस खस्दा २१ जनाको मृत्यु

काठमाडाैं । भारतमा मङ्गलबार एक बस पुलबाट खस्दा कम्तीमा २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

बस मध्य प्रदेश राज्यको इन्दोर सहरको दक्षिणमा रहेको सुख्खा नदीको किनारमा करिब ६ मिटर तल खसेको थियो । 'कम्तीमा २१ जनाको मृत्यु भएको छ,' एक वरिष्ठ प्रहरी अधिकारीले भने । 

मृत्यु हुनेमा तीन जना बालबालिका र १० जना महिला रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

बस चालक (स्टेयरिङ)मा निदाएका कारण दुर्घटना हुन पुगेको जनाइएकाे छ । दुर्घटना पछि चालक घटनास्थलबाट भागेका थिए ।

विश्व बैंकले सन् २०२१ मा सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार भारतमा विश्वको करिब एक प्रतिशत सवारी साधन भए पनि सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या ११ प्रतिशत भारतमा छ ।

सोही प्रतिवेदनअनुसार भारतमा वर्षेनी करिब एक लाख ५० हजार कार दुर्घटनामा मृत्यु हुने गरेको छ भने प्रत्येक चार मिनेटमा एक जनाको मृत्यु हुने गरेको छ ।


प्रतिकृया दिनुहोस