२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

चेन्नई पाँचौँपल्ट आईपीएल च्याम्पियन

- रासस मङ्गलबार १६, जेठ २०८० ०५:४७

चेन्नई पाँचौँपल्ट आईपीएल च्याम्पियन

काठमाडौं । महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिगको उपाधि जितेको छ । सोमबार गुजरातको अहमदाबादमा आयोजित आईपीएल-२०२३ को फाइनलमा गुजरात टाइटन्सलाई हराउँदै चेन्नई पाँचौँपल्ट च्याम्पियन बनेको हो ।

यसअघि चेन्नई २०१०, २०११, २०१८ र २०२१ मा आईपीएल च्याम्पियन बनेको थियो । यससँगै डिफेन्डिङ च्याम्पियन रहेको गुजरात भने उपाधि रक्षा गर्न असफल रह्यो ।

चेन्नईले यस पटक फाइनलमा टाइटन्सलाई ५ विकेटले हराएको हो । गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई २१५ रनको विजयी लक्ष्य दिएको थियो ।

तर पहिलो ओभरको तीन बलमै वर्षाले खेल रोकिएपछि ओभर घटाइएको थियो । डक वर्थ लुइस नियमअनुसार ओभर घटाउँदै चेन्नईलाई १५ ओभरमा १७१ रनको लक्ष्य दिइएको थियो ।

चेन्नईका लागि डेभोन कनवेले सर्वाधिक ४७ रन बनाए । २५ बल सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै शिवम दुवेले नटआउट रहँदै २१ बलमा २ छक्कासहित ३२ रन बनाए । चेन्नईलाई अन्तिम २ बलमा १० रन चाहिएको अवस्थामा रवीन्द्र जडेजाले छक्का र चौका प्रहार गर्दै जित दिलाए । उनले ६ बलमा १ छक्का र १ चौकासहित १५ रन बनाए ।


प्रतिकृया दिनुहोस