२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

बालुवा लाेड गर्ने हिँडेकाे ट्र्याक्टर पल्टिदा दुई जनाको मृत्यु

मङ्गलबार २०, पुष २०७८ १२:२३

बालुवा लाेड गर्ने हिँडेकाे ट्र्याक्टर पल्टिदा दुई जनाको मृत्यु

चन्द्राैटा । कपिलवस्तुमा ट्र्याक्टर पल्ँिटदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु४त २४०२ नंको ट्र्याक्टर आज बिहान  दुर्घटना भएको थियो । 

बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्र्याक्टर सडकदेखि करिब २० मिटर तल खसेको थियो । मृत्यु हुनेमा स्थानीयवासी ४८ वर्षीया शिवकुमारी थारू र १६ वर्षीया फुलकुमारी थारू रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।

यसैगरी, घाइते हुनेमा बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू रहेका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

तीव्र गतिका कारण ट्र्याक्टर दुर्घटना भएको हुनसक्ने इलाका प्रहरी कार्यालय गोरुसिङ्गे प्रहरी निरीक्षक लीलाराम आचार्यले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस