२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

सेनामा २२९ अधिकृत क्याडेट माग, माघ १७ सम्म दरखास्त दिन सकिने

आइतबार १८, पुष २०७८ ०९:१२

सेनामा २२९ अधिकृत क्याडेट माग, माघ १७ सम्म दरखास्त दिन सकिने

काठमाडाैं । नेपाली सेनाले दुई सय २९ जना क्याडेट अधिकृत माग गर्दै आवेदन खुला गरेको छ। सेनाकाे छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आइतबार सूचना निकालेर २२९ जना अधिकृत क्याडेट माग गरेको हो।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट हुने पदपूर्तिका लागि सेनाकाे वेबसाइट www.nepalarmy.mil.np बाट फाराम डाउनलाेड गरेर आइतबारदेखि माघ १७ गतेसम्म दरखास्त दिन सकिन्छ। 

खुलातर्फ १२६ जना, महिलातर्फ २१, आदिवासी जनजातिमा ३३, मधेशी २९, दलिततर्फ १५ र पिछडिएको क्षेत्रतर्फ ५ जनाको माग भएको हाे। 

स्नातक तह वा सो सरह शैक्षिक योग्यता भएका २४ वर्षसम्मकाले दरखास्त दिन सक्नेछन्। पुरूषका लागि उचाइ ५ फिट ३ इन्च र महिलालाई ५ फिट हुनुपर्नेछ। 


प्रतिकृया दिनुहोस