२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

प्राथमिक तहका १३ हजार बढी शिक्षककाे विज्ञापन खुल्याे, कुन जिल्लामा कति ?

- विशेष खबर बुधबार १४, पुष २०७८ १०:५९

प्राथमिक तहका १३ हजार बढी शिक्षककाे विज्ञापन खुल्याे, कुन जिल्लामा कति ?

काठमाडाैं । शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि १३ हजारभन्दा बढी शिक्षक माग गर्दै विज्ञापन खुलाएको छ।

बुधबार आयोगले खुला तथा समावेशी प्रतियोगिताद्वारा स्याथी पदपूर्तिका लागि जिल्ला र प्रदेशअनुसार आवश्यक शिक्षकको संख्या उल्लेख गरेर १३ हजार ९३ जना शिक्षक माग गर्दै विज्ञापन खुला गरेको हो। 

१८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले माघ १३ गतेसम्म अनलाइनबाट आवेदन फारम भर्न सकिन्छ भने चैत १९ गतेदेखि लिखित परीक्षा हुनेछ।  

आयोगले यसअघि निमावि तहका लागि २६ सय शिक्षक माग गरेकाे थियो। 

प्राथमिक तहका लागि जिल्ला अनुसार माग संख्या हेर्न यहाँ क्लिक गर्नुहाेस् । 

 

 


प्रतिकृया दिनुहोस