२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

गणतान्त्रिक आन्दोलनकाे सदस्य बन्न पाउँदा गर्व महसुस हुन्छः नेता घर्ती (अन्तरवार्ता)

- विशेष खबर शनिबार ०३, असोज २०७७ ०९:०९

गणतान्त्रिक आन्दोलनकाे सदस्य बन्न पाउँदा गर्व महसुस हुन्छः नेता घर्ती (अन्तरवार्ता)

काठमाडाैं । नेपालमा गणतन्त्र / गणतान्त्रिक संविधान ल्याउन बिद्यार्थी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको छ । देशमा भएका हरेक परिवर्तनमा निर्णायक भूमिका खेलेको बिद्यार्थी आन्दोलन वर्तमानमा कसरी अगाडी बढिरहेको छ भन्नेबारे संविधान दिवसका अवसरमा अनेरास्ववियूका नेता नारायण घर्तीसँग विशेष खबरले गरेको कुराकानी ।

गणतन्त्रको प्राप्तिको आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको बिद्यार्थी आन्दोलनको एकजना सदस्यको हिसाबले संविधान दिवसलाई तपाईं कसरी स्मरण गर्नुहुन्छ ?

वि.सं २०३६ सालदेखी ०६२/०६३ सम्मका परिवर्तनका हरेक आन्दोलन बिद्यार्थी संगठनको अग्रगामी र महत्त्वपूर्ण भूमिका रहेको कुरा हामी सबैलाई जानकारी नै छ । हाम्रै संघर्षबाट आर्जित गणतान्त्रिक ब्यबस्था आज स्थापित हुनेक्रममा छ, परिवर्तनको आन्दोलनको एउटा सदस्य हुनपाउँदा गर्व महसुस गर्दछु । संविधान दिवसको अवसरमा नेपाली बिध्यार्थी लगायत सम्पूर्णलाई धेरैधेरै शुभकामना छ ।

इतिहासमा बिद्यार्थी आन्दोलनको भूमिकाको त सबैले प्रसंसा गर्दछन् तर आजको समयको बिद्यार्थी आन्दोलन कसरी अगाडि बढिरहेछ ?

अबको समयमा हामीले कुनै ब्यबस्था वा राजामहाराजाका बिरुद्ध लड्नुपर्ने अवस्था छैन । ब्यबस्था परिवर्तनको लडाइँ सकियो, अवस्था परिवर्तनको लडाइँ जारी छ । अबको बिद्यार्थी आन्दोलन रचनात्मक शैलीमा अगाडि बढ्छ । संगठनहरुले क्याम्पसमा रचनात्मक भूमिका खेल्छन् । शिक्षालाई सर्वसुलभ बनाउनमा बिध्यार्थी संगठनहरुको भूमिका केन्द्रित हुन्छ ।

अनेरास्ववियू भित्रको एकता प्रक्रिया कसरी अगाडि बढिरहेछ र कहिलेसम्म सकिन्छ ?

अनेरास्ववियूको संयोजक क.ऐन महर संगठन बुझेको गतिशील नेता हुनुहुन्छ । संगठनमा क्याम्पस तहबाटै काम गरेर आएको नेतृत्व हुँनाले प्रतेक नेताकार्यकर्ताको भावना उहाँ बुझ्नुहुन्छ । केन्द्रिय कमिटी बनिसकेको छ र जिल्ला कमिटीहरु बन्ने क्रममा छन । स्थायी कमिटी, त्यसैगरी संगठनको महत्त्वपूर्ण र आधार कमिटी मानिने उपत्यकाका ठूला क्याम्पस कमिटीको एकता पनि हामी छिट्टै टुङ्गोमा पुर्‍याउँदैछौ ।

लकडाउनका कारण समस्या परेका बिध्यार्थीका समस्या कसरी सम्बोधन गर्छ अनेरास्ववियूले ?

कोरोनाले सबैभन्दा बढी नकारात्मक प्रभाव परेको क्षेत्र मध्ये शिक्षा क्षेत्र हो । शैक्षिक सत्र खेर जान नदिने, पढाई र परिक्षाका बैकल्पिक तरिका अवलम्बन गर्ने, शुल्क ब्यबस्थापन गर्ने/गराउने सन्दर्भमा अनेरास्ववियूले शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने, बिश्वबिद्धालयसँग लगायत सरोकारवालाहरु सँग समन्वय गर्ने लगायतका महत्त्वपूर्ण कामहरू गरेको छ । हामी निरन्तर खबरदारी गरिरहन्छौ ।

बिद्यार्थी संगठनहरुले प्रतिपक्षी भूमिका गुमाउँदै गए भन्ने जनगुनासो छ नि, यसबारे के भन्नुहुन्छ ?

यो धारणा पनि हामी प्रतिको सद्भाव हो भन्ने अर्थमा म बुझ्दछु । हामी जनजीवनका हरेक समस्या सामाधानका निम्ति जनताकै पक्षमा रहेर आवाज निरन्तर उठाइरहेका छौं । शैक्षिक शुल्क वृद्धि, दैनिक उपभोग्य सामग्रीहरुको मूल्य वृद्धि लगायतका बिषयमा हामीले सधै प्रखर रुपमा आवाज उठाउँदै आएका छौ । यसप्रति सधै प्रतिबद्ध रहने बिश्वास पनि सबैलाई दिलाउन चाहन्छु ।

अन्त्यमा, आफ्ना थप कुराहरु केहि भन्न चाहनुहुन्छ ?

नेपालमा बिद्यार्थी आन्दोलनको औचित्य थियो र छ । परिवर्तित समय अनुसार हामी आफूलाई पनि परिवर्तन गर्दै लग्छौ ।  विचार राख्ने अवसर दिनुभएकोमा तपाईं लगायत विशेष खबरलाइ धेरै धेरै धन्यवाद ।


#अनेरास्ववियू

प्रतिकृया दिनुहोस