२०८२ साउन ०९ गते बिहिबार | 24 July, 2025

होटल रेष्टुराँ चार महिनापछि सञ्चालनमा आउँदै

बिहिबार १५, साउन २०७७ १०:४९

होटल रेष्टुराँ चार महिनापछि सञ्चालनमा आउँदै

काठमाडाैं । लकडाउनको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय बिहीबारदेखि सञ्चालनमा आउँदैछन् । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउन साउन ६ गतेबाट अन्त्यको औपचारिक घोषणा गर्दै साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो । 

पर्यटकीय यामलाई समेत मध्यनजर गरी ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय सञ्चालनमा आउने भएका हुन् । बन्दाबन्दी खुलेसँगै पर्यटन व्यवसायीले नयाँ उत्साहका स्वास्थ्य प्रोटोकल पालना गर्दै व्यवसाय अघि बढाउने योजनामा छन् ।

विशेष गरी विदेशबाट आउने पर्यटकको विषयमा स्वास्थ्य प्रोटोकलको स्पष्ट मापदण्ड नहुँदा अझै होटल व्यवसायीमा अन्यौलता कायमै छ ।

 व्यवसायीले पर्यटकलाई स्वागत गर्न पूर्ण तयारी अवस्थामा रहेको जनाएका छन् । चार महिनादेखि प्रायः ठप्प होटेल व्यवसायलाई पुरानै लयमा फर्काउन समय लाग्ने भए पनि आन्तरिक पर्यटकीय गतिविधि बढ्नासाथ व्यवसाय केही हदसम्म उकासिने उनीहरूको बुझाइ छ ।

सुरुआती चरणमा पर्यटक कम सङ्ख्यामा आउने आँकलन गर्दै होटलले पूर्ण क्षमताको १० प्रतिशत मात्रै सेवा सञ्चालन गर्ने गरी होटल सञ्चालनमा ल्याउने व्यवसायीको तयारी छ । पछिल्लो एक साता होटल, रेष्टुराँ तथा बार व्यवसायीले सेवा सञ्चालनका लागि आफ्ना कर्मचारीलाई तालीम दिने, स्वास्थ्य मापदण्ड बनाउनेलगायत काम सम्पन्न गरेको हानले जनाएको छ ।


#हाेटल

प्रतिकृया दिनुहोस