२०८२ साउन ०८ गते बुधबार | 23 July, 2025

कोरोना कहरबीच ब्यासमा ९० प्रतिशत योजना सम्पन्न

मङ्गलबार ३०, असार २०७७ ०८:१३

कोरोना कहरबीच ब्यासमा ९० प्रतिशत योजना सम्पन्न

दार्चुला । चालु आर्थिक बर्षमा कोरोना कहरले मुलुक आक्रान्त भएका बेला ब्यास गाउपालिकाले ९० प्रतिशत काम सकाएको छ । 

कोरोनाले सबै क्षेत्र प्रभावित भएको बेलामा पनि भौतिक पूर्वाधारको काम ९० प्रतिशत सम्पन्न भएको ब्यास गाउपालिकाले जनाएको छ । 

वडा र गाउपालिकाबाट भौतिक पुर्वाधार क्ष्ँेत्रका योजनाहरु ९० प्रतिशत सम्पन्न भएका छन् । भौगोलिक विकटता र ढुवानीका समस्या भएपनि भौतिक पुर्वाधारका बाकी योजनाहरुमा पनि ८० प्रतिशत काम सकिएको ब्यास गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले बताए । ‘समान्य अवस्थाको बर्षमा जस्तै चालु आवमा पुजिगत बजेट खर्च भएको छ’ उनले भने, ‘कोरोनाले चैत्रदेखि प्रभावित गरेपनि सामाजिक दुरी कायम राखेर पनि स्थानीयस्तरमा निर्माणजन्य काम भएको हुनाले यो बर्ष राम्रै भएको देखिन्छ । कोरोनाको समस्या नआएको भए चालु आवमा सत प्रतिशत योजनाहरु सम्पन्न गरिसक्ने अवस्था थियो ।’ 

भौगोलिक विकटता र ब्यास क्षेत्रमा जाने बाटो नहुदा वडा नंं १ मा ५० प्रतिशत काम भएको छ । ६ महिना मात्र ब्यासमा बस्ने हुदा यो बर्ष बाटोको समस्याले एक महिना ढिला गरी गाउमा पुग्दा पनि आधा काम भएको छ । बाकी रहेका योजनाहरु अब दुई महिनामा सक्नेमा आफू प्रतिवद्ध रहेको ओझाको उनको भनाई छ । उनले भने, ‘२० प्रतिशत बाकी रहेको अधिकांश योजना संघ र प्रदेश सरकारबाट विशेष र समपुरक अनुदानबाट संचालित योजनाहरु रहेका छन् ।’

देशमा कोरोना संक्रमण नरोकिएको हुनाले सामाजिक विकास, जनचेतना तथा लक्ष्ँित वर्गको बजेट खर्च थोरै भएको छ । त्यस क्षेत्रमा छुट्याएको बजेट गाउ कार्यपालिकाको बैठकले कोरोना नियन्त्रणमा खर्च गर्ने निर्णय भए अनुसार रकम रकमान्तर गरेर बजेट फ्रिजको अवस्था नरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ओझाले बताए । 
   


प्रतिकृया दिनुहोस