२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

तेल बाेकेकाे ट्यांकर त्रिशूलीमा खस्यो, चालक र सहचालक सम्पर्कविहीन

बुधबार १४, पुष २०७८ ०९:३५

तेल बाेकेकाे ट्यांकर  त्रिशूलीमा खस्यो, चालक र सहचालक सम्पर्कविहीन
नारायणगढ-मुग्लिन सडक खण्ड । फाइल तस्बिर

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नौ किलोबाट ट्याङ्कर त्रिशूलीमा खसेको छ । खाने तेल बोकेको ट्याङ्कर बुधबार साँझ त्रिशूलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याङ्कर इच्छाकामना गाउँपालिका–६ नौ किलेबाट त्रिशूलीमा खसेको हो ।

ट्याङ्करका चालक र सहचालक सम्पर्कविहीन रहेको उनले बताए। ट्याङ्करको केही भाग मात्र पानी बाहिर देखिएको छ । घटना लगत्तै उद्धार र खोजी कार्यमा जुटेको उनले बताए । 


प्रतिकृया दिनुहोस