२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

बसले ट्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु

शनिबार १८, मङि्सर २०७८ ०९:२८

बसले ट्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु

पर्वत । पर्वतको कुश्मा नगरपालिका– ८ चुवाको पराधिमा शनिबार बिहान बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

पोखराबाट पर्वततर्फ आउँदै गरेको  ग१ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को२त ६४२७ नम्वरको ट्र्याक्टरलाई ठक्कर दिँदा उदयपुरको चौवन्दी  गाउँपालिकाका १८ वर्षीय विशाल लामिछानेको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टरमा मध्यपहाडी लोकमार्गका मजदुर सवार थिए । उनीहरुमध्ये पाँच जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

उनका अनुसार १४ जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पर्वत र गम्भीर घाइतेलाई पोखरा पठाइएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको छ । 


प्रतिकृया दिनुहोस