बुधबार १७, कार्तिक २०७८ ०९:१९
काठमाडौं । इन्धनको मूल्य बढेसँगै हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाएका छन् । वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले बुधबार विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोड्ने इन्धनको शूल्कमा अधिकतममा ४४० वृद्धि गरिएको जनाएको छ ।
यसरी वृद्धि भएको भाडादरअनुरुप अब काठमाडौँबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि ४४० बढेको छ । यो गन्तव्यमा साविकमा तीन हजार ८०० रहेकोमा बढेको भाडादर चार हजार छोटो गन्तव्य २४० कायम भएको छ ।
काठमाडौं–सिमरामा सबैभन्दा कम ९५ वृद्धि भएको छ । यो गन्तव्यमा ७७० रहेकामा बढेर ८६५ कायम भएको छ ।
प्रतिकृया दिनुहोस